दशैको मुखैमा काल बनेर आएको मुगुको दुर्घटनाले अध्यक्ष प्रचण्ड भए स्तब्ध — OSNepal

दशैको मुखैमा काल बनेर आएको मुगुको दुर्घटनाले अध्यक्ष प्रचण्ड भए स्तब्ध

LC (KTM) October 13, 2021 0

काठमाडौ २७ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजो मुगुमा भएको भयानक दुर्घटनाका कारण स्तब्ध भएका छन् । ३२ जनाको ज्यान जाने गरी भएको दुर्घटनाले अध्यक्ष प्रचण्ड स्तब्ध भएका हुन् ।

उनले आज मुगु, कास्की र अछाम लगाइत देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग विशेष आग्रह गरेका छन् । शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना समेत प्रकट गरेका छन् ।

नेपाली सडकको दुरावस्थाका साथै सवारीको अवस्था, चाप, सक्षम जनशक्तिको अभाव, चाडपर्वहरुमा क्षमताभन्दा बढी यात्रुहरुको ओसारपसार र सरोकारवाला निकायबाट निगरानी नहुँदा देशमा यस प्रकारको सवारी दुर्घटना बढ्दे गएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

चाडपर्वहरुमा क्षमताभन्दा बढी यात्रुहरुको ओसारपसार र सरोकारवाला निकायबाट निगरानी नहुँदा सवारी दुर्घटनाका घटनाहरु बढ्दै गइरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अध्यक्ष प्रचण्डले विज्ञप्ती मार्फत यस प्रकारका घटना न्यूनीकरण गर्न सम्बन्धित स्थानीय निकाय, प्रदेश र सिंगो राज्यलाई विशेष ध्यान पुर्याउन आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर