राष्ट्रपतिको अधिकारबारे कहीँ उजुरी नलाग्ने ओलीको दावी — OSNepal

राष्ट्रपतिको अधिकारबारे कहीँ उजुरी नलाग्ने ओलीको दावी

LC (KTM) May 23, 2021 0

काठमाडौँ ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको अधिकारबारे कहीँ उजुरी नलाग्ने दावी गरेका छन् । आज आइतबार बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिको राष्ट्रपतिको स्वविवेकीय अधिकार भएको भन्दै राष्ट्रपतिको अधिकारबारे कहीँ उजुरी नलाग्ने दावी गरेका हुन् ।कार्यक्रममा ओलीले विपक्षी गठबन्धनलाई संकेत गर्दै राष्ट्रपतिको अधिकार नमान्ने, पद, प्रतिष्ठा र मर्यादा नमान्ने प्रवृत्ति देखिएको समेत बताएका छन् ।

‘संविधानमा राष्ट्रपतिको स्वविवेकीय अधिकार प्रयोग गर्ने यो मात्रै ठाउँ हो । यसविरुद्ध कहीँ उजुरी लाग्दैन, कहीँ हेरफेर गर्न मिल्दैन’ ओलीले भने ।

संविधानको धारा ७६ को उपधारा ६५ अनुसार प्रधानमन्त्री पदको दावी गर्न दिएको समय सिमा अनुसार  नेपाली कांग्रेसको नेतृत्वमा सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदहरुको हस्ताक्षर सहित राष्ट्रपति कार्यालय दावी गर्न जाँदा राष्ट्रपतिले केपी ओलीको पनि दावी आएकाले सल्लाह गरेर निणर्य गर्छु, भन्दै मध्य रातमा दुवैको आधार नपुगेको भन्दै धारा ७६ ९(५) को प्रधानमन्त्री नियुक्ति गर्न अस्वीकार गरेकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर