गोरखामा बोलेरो जीप दुर्घटना हुँदा १४ जना घाइते ,३ जनाको अवस्था गम्भिर — OSNepal

गोरखामा बोलेरो जीप दुर्घटना हुँदा १४ जना घाइते ,३ जनाको अवस्था गम्भिर

LC (KTM) October 12, 2021 0

गोरखा २६ असोज । गोरखामा बोलेरो जीप दुर्घटनामा १४ जना घाइते भएका छन् । जिल्लाको गण्डकी गाउँपालिका–८ मलेओडारमा मंगलबार दिउँसो बेनिघाटबाट माझीटार तर्फ जादै गरेको बा २० च ४४०० नम्वरको जिप अनियन्त्रित भइ सडकबाट तल खस्दा चालकसहित १४ जना घाइते भएका हुन् ।

घाइते मध्ये तीन जनाको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि धादिङको मलेखु स्थित राजमार्ग सामुदायिक अस्पतालमा बताइएको छ । भाइते मध्ये सात जनालाई भने चितवन मेडिकल कलेज भरतपुर लगिएको प्रहरीले जनाएको छ ।

दुर्घटना हुनेको कारण बारे प्रहरीले अनुशन्धान सुर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर