काठमाडौं २६ असोज । पिङबाट लडेर एक जनाको ज्यान गएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ माण्डुमा दसैंका लागि लिङ्गे पिङ हाल्ने क्रममा लडेर एक जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा ५३ वर्षीय प्रेम लामा रहेका छन् । पिङको लठ्ठा बाँध्ने क्रममा खसेका लामाको उपचारको लागि हेटौँडा अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।