मुगुमा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २८ पुग्यो — OSNepal

मुगुमा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २८ पुग्यो

LC (KTM) October 12, 2021 0

काठमाडौं २६ असोज । मुगुमा मंगलबार दिउँसो २ बजे भएको भयानक दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । २४ जनाको घटना स्थलमै ज्यान गएको थियो भने उपचारको लागि ताल्चा विमानस्थल पुर्‍याउने क्रममा थप चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

नेपालगञ्जबाट मुगुको लागि हिडेको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई समिट एयरको हेलिकप्टरबाट र २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।

घटनास्थलमा नेपाली सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी उद्धारको लागि खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर