माइतिघरबाट पक्राउ परेकी खानलाई अदालत उपस्थित गराउन सर्वोच्चले दियो प्रहरी प्रधान कार्यालयलाई बिहिबार सम्मको समय — OSNepal

माइतिघरबाट पक्राउ परेकी खानलाई अदालत उपस्थित गराउन सर्वोच्चले दियो प्रहरी प्रधान कार्यालयलाई बिहिबार सम्मको समय

LC (KTM) October 12, 2021 0

काठमाडौं २६ असोज । नेपालगञ्जबाट २० दिन पैदल यात्रा गरेर काठमाडौं आएकी रुबी खानलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले फेरि समय थप गरेको छ ।

आजको लागि उपस्थित गराउन सर्वोच्चले आदेश दिएपनि खानलाई अदालतमा उपस्थित नगराइएपछि प्रहरी प्रधान कार्यालयलाई बिहिबार सम्मको समय दिइएको हो ।

महिला हिंसा पिडितहरुको नेतृत्व गर्दै काठमाडौं आएकी खानलाई माईतिघरबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनको अवस्था अहिले सम्म अज्ञात रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर