राष्ट्रिय सभा निर्वाचनमा बादललाई हराएका देवकोटालाई थर्काउने को को हुन् ? — OSNepal

राष्ट्रिय सभा निर्वाचनमा बादललाई हराएका देवकोटालाई थर्काउने को को हुन् ?

LC (KTM) May 23, 2021 0

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनमा गृहमन्त्री समेत रहेका रामबहादुर थापालाई आच्छु आच्छु पार्दै हराएका खिमलाल देवकोटाले आफूलाई चुनावबाट पछि हट्न धेरैले चेतावनी दिएको रहस्य खोलेका छन् ।

सामाजिक संजालमा स्टाटस लेख्दै देवकोटाले भनेका छन् मलाई चुनावबाट पछि हट्न धेरैले फकाएका र थर्काएे र कतिपयको भ्वाइस रेकर्ड नै राखेको उल्लेख गरेका छन् । सामाजिक संजालमा लेखिएको स्टाटसमा उनले भनेका छन् आवश्यक परेमा तिनीहरूको नाम भन्दै गर्ने र कसैकसैको भ्वाइस रेकर्ड नै राखेको छु ।

उनले पनि आफू अडिग रहेको र विचलित भएको भए आफ्नो मात्रै नभइ आफूजस्ता स्वतन्त्र रूपमा कमल चलाउने बुद्धिजीवीहरूको इज्जत प्रतिष्ठा जाने कुरा पनि उल्लेख गरेका छन् । देवकोटाले लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै होला ।

बोलेपछि, सही गरेपछि, वचनवद्धभएपछि पुरा गर्नुपर्दछ । भागेर, लुकेर, जालसाझी गरेर केही समय त टिकिएला । तर वुझन जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ भनेर आफ्नो धारणा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर