काठमाडौं २६ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पुर्व मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पुरानै इतिहास पुनराब्रिती हुँदै गएको टिप्पणी गरेका छन् ।
बुटवलमा भएको गोली काण्डलाई लिएर आक्रोशित बनेका नेता भट्टराईले लुम्बिनीमा १७ सदस्यीय मन्त्रीमन्डल! गण्डकीमा १२ सदस्यीय गठन गरेको प्रति पनि देउवा सरकारको आलोचना गरेका छन् ।
उनले सामाजि सञ्जाल ट्वीटर मार्फत खबरदारी गर्दै लोकतन्त्रको मजाक उडाउन नपाइने बताएका छन् । आइबार गृहमन्त्री बालकृष्ण खाँडको गृहजिल्लामा सुरक्षाकर्मीले चलाएको गोली लागि चार जना सुकुम्वासीको ज्यान गएको थियो ।
उनले भनेका छन् , ‘बुटवलमा सुकुम्वासीमाथि गोली प्रहार चारको मृत्यु! लुम्बिनीमा १७ सदस्यीय मन्त्रीमन्डल! गण्डकीमा १२ सदस्यीय ! शेर ब. देउवाको पुरानो ईतिहास पुनराब्रित्ती हुँदैछ ! खबदार लोकतन्त्रको मजाक उडाउन पाइदैन !’