सरकारले जनताको आवाजलाई सुन्नुपर्छ : खनाल — OSNepal

सरकारले जनताको आवाजलाई सुन्नुपर्छ : खनाल

LC (KTM) October 12, 2021 0

काठमाडौं २६ असोज । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको बेथितिलाई सच्यानुपर्ने बताएका छन् । आज बिहान एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले यस्तो प्रतिक्रिया जनाएका हुन् ।

सरकारले जनताको आवाजलाई सुन्नुपर्ने बताएका उनले सरकारले देशका सबै समस्या समाधान गर्नुपर्ने बताएका छन् । ‘म सरकारलाई भन्न चाहन्छु, जनताका समस्या सुन्नुहोस’ उनले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कुरा पनि सुनेको बताएका उनले सरकार सञ्चालनको लागि आफुहरुले कार्यक्रम समेत बनाएको बताएका छन् । सरकार सञ्चालनको राजनीतिक संयन्त्र आवश्यक रहको बताएका छन् ।

के गर्दा लोकतन्त्र बलियो हुन्छ ? र विकास गर्न सकिन्छ ? भन्नेमा आफुहरु सहमत भई अगाडी बढ्नुपर्नेमा नेता खनालले जोड दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर