धनगढीबाट बाजुरा जाँदै गरेको यात्रुबाहक बस डडेल्धुरामा पल्टियो — OSNepal

धनगढीबाट बाजुरा जाँदै गरेको यात्रुबाहक बस डडेल्धुरामा पल्टियो

LC (KTM) October 12, 2021 0

काठमाडौं : धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । मंगलबार बिहान सवा ७ बजेतिर धनगढीबाट बाजुरा जाँदै गरेको बस अमरगढी नगपालिका–११ स्थित राइमा दुर्घटना भएको हो ।

जयमालिका यातायातको ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए । घाइतेहरूको अवस्था सामन्य नै रहेको चन्दले बताए । बस सडक छेउमै पल्टिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर