काठमाडौं ९ जेठ । संसद विघटनविरुद्ध राष्ट्रपति कार्यालय शीतलनिवास बाहिर प्रदर्शन भएको छ । नेपाल विद्यार्थी संघले संसद विघटन गरेको भन्दै आज आइतबार राष्ट्रपति कार्यालय बाहिर प्रदर्शन गरेका हो । केही प्रदर्शनकारीलाई भने प्रहरीले पक्राउ गरेको छ ।
गएको शुक्रबार राति प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी निवार्चनको घोषणा गरेकी थिइन् ।