राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावक विहीन भयो : कमल थापा — OSNepal

राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावक विहीन भयो : कमल थापा

LC (KTM) October 11, 2021 0

काठमाडौं २५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापालेअहिले नेपालमा बाह्य शक्तिको प्रभाव र चलखेल तीव्र रूपले बढ्दै गएको बताएका छन् ।

आज सोमबार तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावक विहीन भएको भन्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले भनेका छन्, ‘संविधान सभाको पहिलो बैठक भएको १३ वर्ष बित्न लाग्दा यो अवधिमा देश कहाँ जान भनेर हिँडेको थियो कहाँ आइपुग्यो, तपाई हामी सबैलाई थाहा नै छ, राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावक विहीन भएको छ, अहिले नेपालमा बाह्य शक्तिको प्रभाव र चलखेल तीव्र रूपले बढ्दै गएको छ, नेपाल बाह्य शक्तिहरूको रणनीतिक थलो बनेको छ ।’

महत्त्वपूर्ण निर्णयहरूमा बाह्य शक्तिहरूको चलखेल र प्रभाव तीव्र रूपले बढ्दै गएकोले उसले राष्ट्रियतालाई कमजोर पार्दे लगेको बताएका छन् ।

‘युरोप, अमेरिका, चीन र भारतहरूको रणनीतिक थलो नेपाल बन्दै गइरहेको छ, चाहे एमसीसी भन्नुहोस्, चाहे बिआरआई भन्नुहोस् यहाँ हरेक महत्त्वपूर्ण निर्णयहरूमा बाह्य शक्तिहरूको चलखेल र प्रभाव तीव्र रूपले बढ्दै गइरहेको छ, राष्ट्रियतालाई कमजोर बनाइएको छ, अहिले प्रजातन्त्र केही सीमित दलका सीमित नेताहरूको समूहले सम्पूर्ण राज्य शक्तिमाथि कब्जा जमाएर सर्वसत्तावादी शैलीमा व्रह्मलुट गरिरहेको छ ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर