काठमाडौं २५ असोज । गण्डकी प्रदेश सरकारमा मन्त्रीमा नियुक्त भएका डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले आज सोमबार विश्वकर्माको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मन्त्रीमा नियुत्त भएपनि मन्त्रालय भने तोकिएको छैन । उनी विना विभागीय मन्त्री बनेका छन् । यस अघि उनलाई मन्त्रीको सुचीबाट हटाइएको थियो ।