गोली चलाएर सिटिजन्स बैंक लुट्न खोज्ने लुटेराको प्रयास असफल — OSNepal

गोली चलाएर सिटिजन्स बैंक लुट्न खोज्ने लुटेराको प्रयास असफल

LC (KTM) October 11, 2021 0

काठमाडौँ । मोरङमा एक समुहले बैंक लुट्ने प्रयास गरेको छ । आज दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा भारतीय लुटेरा समूहले बैंक लुट्ने प्रयास गरे पनि असफल भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कार्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलाएर लुटेराले बैँक लुट्ने प्रयास गरेका थिए । प्रदेश–१ प्रहरी कार्यालयका एसपी नविनराज राईका अनुसार गोली लागेर बैंकका सुरक्षा गार्ड घाइते भएका छन् र उनलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको एसपी राईले ओएस नेपाललाई जानकारी दिए । एसपी राईका अनुसार पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर