सभापतिको हैकम र मनोमानीले गर्दा पार्टीको विधान धुजा धुजा पारेर च्यात्ने काम भयो : कोइराला — OSNepal

सभापतिको हैकम र मनोमानीले गर्दा पार्टीको विधान धुजा धुजा पारेर च्यात्ने काम भयो : कोइराला

LC (KTM) October 11, 2021 0

काठमाडौं २५ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुटको राजनीतिका कारण कांग्रेस लथालिङ्ग भएको टिप्पणी गरेका छन् । मोरङको एक कार्यक्रममा शुभकामना आदानप्रदाज गर्ने क्रममा नेता कोइरालाले यस्तो टिप्पणी गरेका हुन् ।

बिधानको कुन धारा कतिबेला निलम्बन गरिन्छ वा के थपिन्छ फेसबुक हेरेर थाहा पाउँनुपर्ने अवस्था आएको भन्दै उनले सभापतिको हैकम र मनोमानीले गर्दा पार्टीको विधान धुजा धुजा पारेर च्यात्ने काम समेत भएको बताएका छन् ।

सभापतिकै गृह जिल्लामा कांग्रेसको ईतिहाँसमा प्रहरीको धेराबन्दीमा अधिवेशन भएको प्रति खेद प्रकट समेत गरेका छन् । ‘लोकतन्त्रको लागि लडेको पार्टी सभापतिले नै शक्ति पृथकीकरणको सिद्धान्त कुल्चनु अत्यन्तै दुःखद हो’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर