रेल्वे विधेयक फिर्ता लिने सिफारिस स्वीकृत भएसँगै सांसदले पाए दशैँ छुट्टी — OSNepal

रेल्वे विधेयक फिर्ता लिने सिफारिस स्वीकृत भएसँगै सांसदले पाए दशैँ छुट्टी

LC (KTM) October 11, 2021 0

काठमाडौं २५ असोज । आज सोमबार बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट रेल्वे विधेयक, २०७६ फिर्ता लिने सम्बन्धमा प्राप्त सिफारिसलाई बहुमतले स्वीकृत गरेको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले तिनिधिसभामा विचाराधीन रहेको सो विधेयक फिर्ता गर्न सभाको सहमतिका लागि प्रस्ताव प्रस्तुत गरेका हुन् ।

आजको राष्ट्रिय सभाको बैठकमा नेकपा एमालेका सांसदहरु मौन रहेर उभिएर विरोध जनाएका थिए । अब अर्को राष्ट्रियसभाको बैठक भने सूचना नभएसम्मका लागि स्थगित गरिएको अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी गराएका छन् । अब अर्को बैठक सम्भवत दर्शै पछि बस्ने भएको छ ।

मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्योहोरा अध्यक्ष तिमिल्सनाले पढेर सुनाएपछि बैठक स्थगित भएको हो । ।त्यसैगरी, आज बसेको संसद बैठकमा पनि एमालेले विरोध जनाएको थियो ।

विरोधका बामजुत पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालन गरेका थिए । अब दुवै सदनको बैठक दशै पछि बस्ने भएको छ । केहि सांसदहरु भने दशैँको लागि गाउँ गइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर