मोतिपुर झडपमा गम्भिर घाइते भएका चार जना सुरक्षाकर्मीलाई थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइयो — OSNepal

मोतिपुर झडपमा गम्भिर घाइते भएका चार जना सुरक्षाकर्मीलाई थप उपचारको लागि हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइयो

LC (KTM) October 11, 2021 0

काठमाडौं २५ असोज । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा गम्भीर घाइते भएका चार जना प्रहरीलाई एअर डाइनास्टीको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

घाइते हुनेमा २८ वर्षका प्रहरी जवान जयप्रकाश थारु ,प्रहरी जवान ज्ञयराज पुन मगर,३६ वर्षीय हवल्दार तिलकबहादुर धामी र ३६ वर्षका जवान खुसीराम चौधरी रहेका छन् ।

उनीहरुको एपीएफ अस्पताल काठमाडौँमा उपचार हुने बताइएको छ । उक्त झडपमा प्रहरीको गोली लागि चार जना स्थानीयको ज्यान गएको छ ।

उक्त झडपमा नेपाल प्रहरीका ३३ र सशस्त्र प्रहरीका २३ जना गरी ५६ जना सुरक्षाकर्मी घाइते भएका छन् । साथै १८ जना स्थानीय घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर