दशैँमा पनि शुक्लाफाँटाका कर्मचारीले पाएनन् तलब — OSNepal

दशैँमा पनि शुक्लाफाँटाका कर्मचारीले पाएनन् तलब

LC (KTM) October 11, 2021 0

कञ्चनपुर, २५ असोज -शुक्लाफाँटा नगरपालिकाका सवारी चालक चरन चौधरी निकै निराश छन् । दसँैंका लागि तलब थाप्न नपाइने भएपछि उहाँ निराश हुनुभएको हो । “तलब पाएपछि परिवारकाका लागि नयाँ कपडा खरिद गरी रमाइलोसँग दसँैं मनाउने योजना थियो” उहाँले भन्नुभयो, “तलबनै नपाइने भएपछि रमाइलोसँग दसँैं मनाउने सपना सपनामै सीमित रहन पुगेको छ । निकै न्यास्रो लागेको छ ।” नगरपालिकामा कार्यरत ८३ स्थायी, १४२ करार र एकजना अस्थायी गरी २२६ कर्मचारीले तलब थाप्न पाएका छैनन् । आधारभूत तह, माध्यमिक तहका गरी ३०० , निजी स्रोतका ८४ शिक्षक, लेखापाल, १३ र बालविकास ६५ गरी ४६२ विद्यालयका शिक्षक र कर्मचारीले तलब पाएका छैनन् ।

वडाको बजेट बाडँफाँट र योजनाको टङ्गो लाग्न नसक्दा कर्मचारीले तलब नपाएका हुन । “वडा कार्यालयले योजना दिन ढिलाइ गरे” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसन सिंह थापाले भन्नुभयो, “खाता सञ्चालनमा ल्याउन सकेनौं । त्यसै कारणले कर्मचारीलाई दसैँमा तलब दिन सकिएन ।”
तलब निकासाका लागि प्रयास गर्दागर्दै पनि उपलब्ध गराउन नसकिएको उहाँले जानकारी दिनुभयो । नगर परिषद्मा गत असार ९ गते पेश भएको बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच चर्काचर्की भएपछि अवरोध भएको थियो । लामो समयसम्म बजेट बाँडफाँट हुन नसकेपछि अन्यौलताको अवस्था सिर्जना भएको थियो ।

विवादकैबीच बजेट बाँडफाँट गरिए वडाबाट योजनानै समयमै उपलब्ध नगराइएपछि कर्मचारीले दसँैंका बेला तलबनै पाएनन् । नगरपालिका कर्मचारीका अनुसार बजेटको रातो किताब अहिलेसम्म पनि प्रकाशित भएको छैन । रातो किताब कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) मा पेश भएपछि मात्रै बजेट निकासा गरिने कानूनी प्रावधान रहेको छ ।

तलब नपाइएपछि अधिकांश नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकले आफन्तबाट सापटी र कर्जा लिएर दसँैंको खर्च चलाउने योजना बनाएका छन् ।
“दसँैंमा तलब पाएनौँं” नगरपालिकाका कर्मचारी गोकुल जोशीले भन्नुभयो, “आफन्तबाट सापटी माग्ने योजनामा छौंँ । पाउने नपाउने निधो छैन । खर्च नभएपछि अरुको मुख ताक्नुपर्ने अवस्था आएको छ ।”

आव २०७८÷७९ को पहिलो त्रैमासिक तलब भत्ता चाँडो भन्दा चाँडो निकासाका लागि नगरपालिका समक्ष ध्यानाकर्षण पत्र बुझाउँदासमेत पाउन नसकिएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका नगर कमिटी अध्यक्ष लोकेन्द्र कँुवरले जानकारीदिनुभयो ।“केही दिनअघिनै शिक्षक कर्मचारीको मासिक तलब निकासाका लागि माग गरेपनि पाउन सकेका छैनौँं” उहाँले भन्नुभयो, “खर्च बिनानै वर्षमा एक पटक आउने दसँैं मनाउनुपर्ने भएको छ ।” (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर