यात्रुलाई नक्कली टिकट दिएर पैसा असुलेको आरोपमा टिकटसहित दुई जना पक्राउ — OSNepal

यात्रुलाई नक्कली टिकट दिएर पैसा असुलेको आरोपमा टिकटसहित दुई जना पक्राउ

LC (KTM) October 11, 2021 0

काठमाडौं २५ असोज । नक्कली टिकट बेचेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सुर्खेत बसपार्कमा यात्रुलाई नक्कली टिकट दिएर पैसा असुलेको भन्दै दैलेख आठविस नगरपालिका ४ का प्रकाश शाही र वीरेन्द्रनगर ६ शनिहललाइनका सञ्जु सुनार पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट एक ठेली नक्कली टिकट बरामद गर्नुको साथै दुई वटा टिकट काटिसकेको अवस्थामा फेला पारेको थियो ।

देउती नागरिक यातायात प्रालि लोगो र छाप बनाएर नक्कली टिकट किनबेच गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर