भैसी चोरीको आरोप लागेपछि हिरासतमा राखिएको एक पुरुषले गरे हिरासत भित्रै रहेको शौचालयमा आत्महत्या — OSNepal

भैसी चोरीको आरोप लागेपछि हिरासतमा राखिएको एक पुरुषले गरे हिरासत भित्रै रहेको शौचालयमा आत्महत्या

LC (KTM) October 11, 2021 0

काठमाडौँ २५ असोज। कैलाली हिरासतमा रहेका एक पुरुषले आत्महत्या गरेका छन् ।

भैसी चोरीको आरोप लागेपछि हिरासतमा राखिएको उनले आज सोमबार बिहान ६ बजे हिरासत कक्ष भित्र रहेको शौचालयको भेन्टिलेसनको जाली च्यातिएको झ्यालको सरियामा सेतो स्याण्डो (गन्जी) को डोरी बनाई घाँटीमा पासो लगाई झुण्डिए आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आत्महत्या गर्ने सुर्खेत चौकुने गाउँपालिका वडा नं.३ बेतान बस्ने ३५ धनबहादुर राना रहेका छन् । उनले ईलाका प्रहरी कार्यालय टिकापुरको हिरासत रहेको शौचालयमा स्यान्डोको पासो बनाएर आत्महत्या गरेका हुन् ।

उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर