१०० किलोमिटर म्याराथन दौडमा सहभागी १६ जनाको मृ त्यु — OSNepal

१०० किलोमिटर म्याराथन दौडमा सहभागी १६ जनाको मृ त्यु

LC (KTM) May 23, 2021 0

गान्सु, ९ जेठ – चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृ त्यु भएको छ । प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र अरु प्रतियोगिहरु भने सम्पर्कमा रहेको अधिकारीहरुले जनाएका छन । चीनको गान्सु प्रान्तमा आयोजना गरिएको १०० किलोमिटरको क्रस कन्ट्री हिमाली म्याराथन दौड प्रतियोगिताका क्रममा यस्तो घटना भएको हो ।

प्रतियोगिता भइरहेको बेला एक्कासी मौसम खराब भएपछि कठांग्रिएर प्रतियोगीहरुको मृत्यु भएको जनाइएको छ । पर्यटकीय क्षेत्रको रुपमा चर्चित बैयीन सहरको जङताइ भन्ने ठाउँमा स्थानीय समय अनुसार शनिबार बिहान ३ बजे यो घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

मौसम अचानक गडबड भएर प्रतियोगीहरुलाई असर गरेपछि तत्कालै घटनास्थलमा उद्धारकर्ताहरु परिचालन गरिएको थियो । उनीहरुले नै मृतक र घाइतेहरुलाई उद्धार गरेका थिए ।घटनामा परी केही प्रतियोगिहरु घाइते भएका र उनीहरुको उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । प्रतियोगितामा १७२ जना प्रतियोगी सहभागी भएका थिए । उनीहरुमध्ये अधिकांशको अवस्था सामान्य नै रहेको जनाइएको छ । (रासस-सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर