बसपार्कमा यात्रुलाई नक्कली टिकट दिएर पैसा असुलेको पाइयो,प्रकाश शाही प्रकाउ — OSNepal

बसपार्कमा यात्रुलाई नक्कली टिकट दिएर पैसा असुलेको पाइयो,प्रकाश शाही प्रकाउ

LC (KTM) October 11, 2021 0

सुर्खेत – सुर्खेत बसपार्कमा बसकाे नक्कली टिकटकाे किनबेच हुने गरेकाे खुलासा भएकाे छ । टिकटका लागि पुग्ने यात्रुलाई नक्कली टिकट दिएर पैसा असुलेकाे आराेपमा दैलेख आठविस नगरपालिका-४ का प्रकाश शाही र वीरेन्द्रनगर-६ शनिहललाइनका सञ्जु सुनार पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुको साथबाट एक ठेली नक्कली टिकटसमेत बरामद गरेको छ । पक्राउ परेका व्यक्तिले दुई टिकट काटिसकेको प्रहरीले फेला पारेको छ ।

देउती नागरिक यातायात प्रालि लोगो र छाप बनाएर नक्कली टिकट किनबेच हुने गरेकाे फेला परेकाे हाे । दुई टिकटमा सुर्खेतदेखि कालिकोट मान्मसम्म १ हजार ८ सय ५० र सुर्खेत-जुम्ला २ हजार रुपैयाँ भाडा उल्लेख छ । न्युज कारखाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर