देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन् : पुर्व राजा ज्ञानेन्द्र — OSNepal

देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन् : पुर्व राजा ज्ञानेन्द्र

LC (KTM) May 23, 2021 0

काठमाडौं जेठ ९ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई जनताले कहिले क्षमा नगर्ने बताएका छन् । कोरोना महामारी संकटका बेला राजनैतिक जालझेल सिर्जना गरी जनदायित्वबाट पन्छिन खोज्ने सरकारलाई जनताले कहिले माफी नदिने भन्दै पुर्व राजा शाहले ट्वीटर मार्फत यस्तो टिप्पणी गरका हुन् ।

जनताको स्वास्थ्य जस्तो गम्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन् । पुर्व राजा शाहले भनेका छन् ।

ट्विट गर्दै पूर्वराजा शाहले लेखेका छन्– ‘यस वैश्विक महामारीको संकटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयिक राजनैतिक जालझेल सिर्जना गरी, जनताको स्वास्थ्य जस्तो गम्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्’ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर