अन्ततः माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालको अपराजित यात्रामा पुर्ण बिराम लागेको छ । आज भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ ।नेपाल भारतसँग एक शुन्य गोल अन्तरले पराजित भएको हो । मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे ।
उनले खेलको ८२ औं मिनेटमा गोल गर्दै भारतलाई प्रतियोगितामा पहिलो जित दिलाएका छन् । भारतले ३ खेलमा ५ अंक जोडेको छ । भारतले २ खेल बराबरी र आजको एक खेलमा जित निकाल्न सफल भएको हो । त्यस्तै भारत प्रतियोगितामा तेस्रो स्थानमा समेत उक्लिएको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । नेपालले २ मा जित र १ मा हार ब्यहोरेको छ । अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छ।