अस्पतालमा धमाधम अक्सिजनको अभाव हुन थालेपछि उपलब्ध गराउँदै सङ्घसंस्था — OSNepal

अस्पतालमा धमाधम अक्सिजनको अभाव हुन थालेपछि उपलब्ध गराउँदै सङ्घसंस्था

LC (KTM) May 23, 2021 0

डडेल्धुरा, ९ जेठ- यहाँको अस्पतालमा विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका छन् । डडेल्धुरा अस्पतालमा कोरोनाका बिरामीको चाप बढेसँगै अक्सिजनको अभाव हुन थालेपछि जिल्लास्थित विभिन्न सामाजिक सङ्घसंस्था अक्सिजन उपलब्ध गराउन थालेका हुन् ।

अस्पतालमै रहेका अक्सिजन सिलिण्डरमा आफ्नै खर्चमा विभिन्न सङ्घसंस्थाले नेपालगञ्जबाट अक्सिजन भरेर अस्पताललाई दिने गरेका छन् । एक सातायता देखि अस्पतालमा विभिन्न सामाजिक सङ्घसंस्थाले पटकपटक गरी करीब ६० भन्दा बढी अक्सिजन सिलिण्डर भरेर उपलब्ध गराएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिनुभयो ।

अक्सिजनको अभाव भइरहेका समयमा अस्पतालमा रहेका सिलिण्डर भरेर दिँदा उपचारमा सहज भएको निमित्त मेसु जगदीशचन्द्र बिष्टले बताउनुभयो । जिल्लास्थित विभिन्न समाजिक संस्थामध्ये बोलन्या थली, नेपाल जेसिस, भक्तविवि हेल्पिङ हेन्ड्स एन्ड ह्युमानिटी फाउण्डेशनलगायतका संस्थाले सिलिण्डर सहयोग गरेको जनाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर