काठमाडौं २४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सत्तामा भाग खोज्ने र सत्तासीन दलहरूले त्यसलाई स्वीकार गर्ने कुरा लोकतन्त्रमा कल्पना बाहिरको विषय भएको बताएका छन् ।
यस्ता सहमति अपराध भएको बताएका उनले ट्वीटर मार्फत यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा मिलेर गठबन्धनका शीर्ष नेताको सहमतिमा जुन काम गरे, त्यो लोकतन्त्रमा सोच्न पनि नसकिने अपराध थापाले बताएका छन् ।
उनले भनेका छन् , “प्रधानमन्त्री देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा मिलेर गठबन्धनका शीर्ष नेताको सहमतिमा जुन काम गरे, त्यो लोकतन्त्रमा सोच्न पनि नसकिने अपराध हो। प्रधानन्यायाधीशले सत्तामा भाग खोज्ने र सत्तासीन दलहरूले त्यसलाई स्वीकार गर्ने कुरा लोकतन्त्रमा कल्पना बाहिरको हो”