काठमाडौं २४ असोज । शसस्त्र प्रहरीले गोली चलाउँदा घाइते भएका तिन जनाको मृत्यु भएको छ । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमास्थानीय र प्रहरीबीच झडप हुँदा रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको थियो ।
गोली लागि घाइते भएका तिन जनाको उपचारको क्रममा भैरहवाको युनिभर्सल मेडिकल कलेजमा ज्यान गएको बताइएको छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले दिएको जानकारी अनुसार उक्त झडपमा १४ जान घाइते भएका छन् । उक्त स्थितिलाई सामान्य बनाउन
स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ । आज ४ बजेबाट लागु हुने गरी अर्को सुचना अनाए सम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।
औधोगिक क्षेत्र कब्जा गरी बसेकाहरुलाई हटाउन खोजेपछि झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको थियो ।