काठमाडौं २४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४०४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ५६५ तथा एन्टिजेन विधिबाट १३ जना गरी ५ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसै गरी, पछिल्लो २४ घण्टामा ८ सय ७१ जना संक्रमुक्त भएका छन् । थप १० जनाको भन उपचारको क्रममा ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३२२ जना आईसीयू तथा ११३ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।