अब मुलुक तत्काल निवार्चनमा जानुपर्छ :प्रकाशमान सिंह — OSNepal

अब मुलुक तत्काल निवार्चनमा जानुपर्छ :प्रकाशमान सिंह

LC (KTM) October 10, 2021 0

काठमाडौं २४ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब निवार्चनमा जानुपर्ने बताएका छन् । आज आइतबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले पार्टीको १४ औँ महाधिवेशन सकेलगत्तै निर्वाचनमा जानु पर्ने बताएका हुन् ।

सरकार गठनमा स्वतन्त्र न्यायपालिकालाई जोड्नु लोकतन्त्रका लागि गम्भीर विषय भएको बताएका उनले कार्यक्रममा यस पटक आफुल सभापतिका लागि उम्मेदवार दिने बताएका छन् ।

कांग्रेसको कमजोरीले गर्दा कम्युनिष्ट सत्तामा पुगेको बताएका उनले अब काठमाडौँका नेताहरुको नेतृत्व हुनुपर्छ समेत भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर