राष्ट्रपति कार्यालयको वेबसाइटबाट हराएको विज्ञप्तिहरु फेरी एकाएक देखिन थाल्यो — OSNepal

राष्ट्रपति कार्यालयको वेबसाइटबाट हराएको विज्ञप्तिहरु फेरी एकाएक देखिन थाल्यो

LC (KTM) May 23, 2021 0

काठमाण्डु ९ जेठ । राष्ट्रपति कार्यालयको वेबसाइटबाट हराएको विज्ञप्तिहरु फेरी एकाएक देखिन थालेको छ । कार्यालयको वेबसाइट https://president.gov.np/ मा जेठ महिनामा अपलोड भएका प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएकोबारे लगायतका विज्ञप्ति हराएपछि कार्यालयले वेबसाइट डेभ्लपर्सलाई के भएको हो भनी सोधेको थियो।

यस विषयलाई चासोको रुपमा हेरिएको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रूपनारायण भट्टराईले सानो प्राविधिक गल्तीका कारणले ती सूचनाहरू हराएको र अहिले फेरि आइसकेको जनाएका छन् । वेबसाइटमा शनिबार राति १ः ४८ अपलोड भएको संसद विघटनगरी अर्को प्रतिनिधि सभाको मिति तोकेको र त्यही रात ११ः३८ मा अपलोड भएको प्रधानमन्त्री नियुक्ति सम्बन्धको विज्ञप्ति पनि हराएपछि यस विषयले महत्व पाएको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर