डेढ लाख नगदसहित माया गुरुङको घरबाट तिन जना पक्राउ — OSNepal

डेढ लाख नगदसहित माया गुरुङको घरबाट तिन जना पक्राउ

LC (KTM) October 10, 2021 0

नवलपरासी २४ असोज । नगद १ लाख ५२ हजार ६ सय २० रुपैयाँ र ३ बुक तास सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

कावासोती नगरपालिका–१३ बुढौलीकुना बस्ने माया गुरुङको घरमा तास खेलिरहेको सोही नगरपालिका–८ बस्ने ३६ वर्षीय मनोज गुरुङसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा नवलपुरबाट खटिएको प्रहरी मायाको घर पुगी उनीहरुलाई पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले अनुशन्धानलाई अगाडी बढाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर