काठमाडौं २४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले जति सकिन्छ छिटो यो संसद्लाई बिघटन गरेर नयाँ जनादेश आग्रह गरेका छन् ।
जनताको सार्वभौमसत्ताको रक्षाका लागि एकमात्र विकल्प भनेको नयाँ जनादेशमा जानु भएको बताएका थापाले ट्वीटर मार्फत यस्तो आग्रह गरेका हुन् ।
सत्ता गठबन्धनमा अदालत सहभागी भएको संसारको दुर्लभ अभ्यास हेरेर बस्न आफुहरु विवश भएको भन्दै उनले भनेका छन् , ‘सत्ता गठबन्धनमा अदालत सहभागी भएको संसारको दुर्लभ अभ्यास हेरेर बस्न हामी जति विवश हुन्छौं, त्यति नै सार्वभौमसत्ता, संविधान र प्रणाली समाप्तिको दिशामा जान्छ’।
उनले भनेका छन्, ‘जति सकिन्छ छिटो यो संसद्लाई बिघटन गरेर नयाँ जनादेशका लागि जानु जनताको सार्वभौमसत्ताको रक्षाका लागि एकमात्र विकल्प देखिएको छ।सत्ता गठबन्धनमा अदालत सहभागी भएको संसारको दुर्लभ अभ्यास हेरेर बस्न हामी जति विवश हुन्छौं, त्यति नै सार्वभौमसत्ता, संविधान र प्रणाली समाप्तिको दिशामा जान्छ’