काठमाडौं २४ असोज । भारतका केन्द्रीय सरकारका गृह राज्यमन्त्री अजय मिश्राको छोरा आशिष मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । उत्तर प्रदेशको लखिमपुर खिरीका किसानहरुलाई गाडीले कुल्चिएर हत्या गरेको अभियोगमा मिश्रका छोरा आशिष पक्राउ परेका हुन् ।
आशिषमाथि सरकारले ल्याएको एक कानुनविरुद्ध लामो समयदेखि आन्दोलनरत किसानहरुको र्यालीमा सहभागीहरुलाई पछाडिबाट कारले ठक्कर दिएर हत्या गरेको आरोप लागेको छ ।
उनले १२ घण्टा लामो सोधपुछमा पनि आफ्नो गल्ती स्विकार नगरेकोले उनलाई न्यायिक हिरासतमा राखिएको बताइएको छ । अक्टुबर ३ मो चार किसानको गाडीले कुल्चिएर ज्यान गएको थियो ।