काठमाडौँ ९ जेठ । कोभिड -१९ कोरोना भाइरसको संक्रमणबाट बरिष्ठ अधिवक्ता हिरा रेग्मीको निधन भएको छ । कोरोना संक्रमण भएपछि नेपाल प्रहरी अस्पतालमा उपचारको लागि भर्ना गरिएका रेग्मीको गएराति १ बजे उपचारकै क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।
१४ दिन अघि मात्रै कोरोना संक्रमणबाट पत्नी सपना ढुंगेलको पनि ज्यान गएको थियो ।