कर्णाली राजमार्गको दारेभीरमा भयो बस दुर्घटना, १ को मृत्यु , ७ घाइते — OSNepal

कर्णाली राजमार्गको दारेभीरमा भयो बस दुर्घटना, १ को मृत्यु , ७ घाइते

LC (KTM) October 09, 2021 0

आज राती कर्णाली राजमार्गमा बस दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ। सुर्खेतबाट जुम्लाका लागि छुटेको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखमा दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य सात जना घाइते भएका छन्। मृत्यु हुनेमा अछाम घर भएका ७४ वर्षीय भक्तबहादुर शाही रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठका अनुसार राती ८ बजे कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लु नगरपालिका १ दारेभीरमा अनियन्त्रित भएर ना ६ ख ९२२ नम्बरको बस दुर्घटना भएको हो । रातको समयमा बस दुर्घटना भएकाले घट्नास्थलबाट प्रहरीले घाइतेको उद्धार गरेको छ। बस अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर