माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा भोली नेपालले सात पटकको बिजेता भारत संग प्रतिष्पर्धा गर्दैछ । यसैक्रममा आज प्रि म्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालले खेल जित्ने संभावना १ प्रतिशत मात्र रहेको बताएका छन् । तर उनले त्यहि १ प्रतिशत नेपालका लागि जितको क्षण बन्ने बताएका छन् । उनले ७ पटकको च्याम्पियन भारतविरुद्धको खेल नेपाललाई एकदमै कठिन हुने पनि बताए ।
अल्मुताइरीले भारतले ९५ प्रतिशतले खेल जित्ने सम्भावना रहेको ४ प्रतिशत बराबरी र १ प्रतिशत नेपालले जित्ने सम्भावना रहेको बताउँदै उनले तर नेपालले भारत संग नहार्ने बताएका हुन् । उनले कि स्पष्ट जित कि बराबरीमा रोक्ने नेपालको लक्ष्य रहेको बताए । भारत यस क्षेत्रको एकदमै बलियो टोली रहेकोले त्यस अनुसारकै रणनीति अनुसार खेलिने उनले बताए ।
मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले भोलि बेलुका पौने १० बजे भारत बिरुद्ध प्रतिष्पर्धा गर्नेछ । भारतले यस अघि २ खेल बराबरी खेलेकोले नेपाल समक्ष दबाबमै खेल्ने छ । नेपालको भने २ खेलमा जित संगै स्पष्ट ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ ।