ड्रग्स केसमा सुपरस्टार शाहरुख खानका छोरा आर्यन जेलमा रहेका छन् । आर्यनलाई बेल दिलाउनका लागि उनको वकील सतीश मानशिन्देले काफी कोशिश गरेका थिए । तर एनसीबीको तर्फ बाट पेश गरिएको मजबुत दलील सुनेपछि जजले आर्यन खान लाई राहत दिएनन् । तर यस केसमा नयाँ कुरा बाहिर आएको छ । कोर्टमा वकील सतीश मानसिन्देले एनसीबीले आर्यन खानको ब्लड र युरीनको स्याम्पल नलिएको दाबी गरेका थिए ।
जबकि रेव पार्टीजमा रेड मार्ने बित्तिकै आरोपीको स्याम्पल टेस्ट लिने गरिन्छ । मानशिन्देले कोर्टका मजिस्ट्रेटलाई बताएका थिए कि आर्यन खानले ड्रग्स सेवन गरेको बिषयलाई लिएर आफ्नो ब्लड लिनका प्रस्ताव गरेका थिए । तर एनसीबीका अधिकारीहरुले स्याम्पल लिन मानेका थिएनन् । इन्टरनेश्नल क्रुज शिपमा एनसीबीका अधिकारीले आर्यन संगै साथी अरबाज मर्चेन्ट पनि पक्राउ परेका थिए ।
एनसीबीले आर्यनको ब्लड तथा पिसाबको नमुना किन लिएन भनेर कानुनी अधिकारीहरु नै छक्कमा परेका छन् । त्यो क्रुजमा पक्राउ परेका सबैजनाको ब्लड र पिसाबको नमुना संकलन गरेको थियो । त्यो पार्टीमा ९० प्रतिशत ब्यक्तिहरुले ड्रग्स लिएका थिए ।