काठमाडौं २२ असोज । सरकारले चार जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।
गृह मन्त्रालयले मन्त्री स्तरीय निर्णय का आधारमा चार जिल्लाको प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो । चारमा जिल्लामा रौतहट, पर्सा, सुनसरी र बाँके परेको छ ।
यी जिल्लामा रौतहटमा कृष्ण बहादुर शाही ,पर्सामा उमेश कुमार ढकाल, सुनसरीमा इन्द्रदेब यादब र बाकेमा सुर्य बहादुर खत्री नयाँ सिडीयो भएर आएका छन् ।