अशोक राईले पुर्खालाई टोपी लगाएर गरे ‘शिर उभ्याउनी’ — OSNepal

अशोक राईले पुर्खालाई टोपी लगाएर गरे ‘शिर उभ्याउनी’

LC (KTM) October 08, 2021 0

खोटाङ, २२ असोज- जनता समाजवादी पार्टीका नेता तथा पूर्वमन्त्री अशोक राईले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका पुर्खालाई टोपी लगाएर शिर उभ्याउनी गरेका छन् ।

देशका पार्टीले जनताको शिर ढाल्ने काम मात्रै गरेकाले जनता समाजवादी पार्टीको आयोजनामा शुक्रबार आयोजित कार्यक्रममा नेता राईले टोपी लगाएर पुर्खाको शिर उभ्याउनी गरेका हुन् ।

अन्य पार्टीले ढालेको जनताको शिर जनता समाजवादीले मात्र उठाउन सक्ने सन्देश स्वरूप शिर उभ्याउनी कार्यक्रम गरिएको पार्टीका जिल्ला सचिवालय सदस्य एवं समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य रबिन खम्बूले बताए । किराँती संस्कृतिमा आफूभन्दा ठूलोलाई अपमान गरिए शिर ढल्ने र शिर ढले शिर उभ्याउने प्रचलन छ ।

‘शिर उभ्याउनुलाई (सायेरेमा बतरेमा) भन्ने गरिन्छ । खासगरी अहिले नेपालका पार्टीहरूले जनताको शिर ढाल्ने मात्रै काम गरेको छ,’ खम्बूले भने, ‘अब जनताको शिर जसपाले मात्रै उठाउन सक्छ भन्ने हो । स्थानीय पुर्खालाई टोपी ओढाएर शिर उभ्याउँदै सम्मान गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर