तिन महिनामा विस्तार गरेको मन्त्रिपरिषद, हमाल उद्योग मन्त्रीमा नियुक्त भएसँगै देउवा सरकार बन्यो आलोचित — OSNepal

तिन महिनामा विस्तार गरेको मन्त्रिपरिषद, हमाल उद्योग मन्त्रीमा नियुक्त भएसँगै देउवा सरकार बन्यो आलोचित

LC (KTM) October 08, 2021 0

काठमाडौँ २२ असोज । गठवन्धन सरकारले तिन महिना लगाएर गरेको मन्त्रिपरिषद् विस्तार भएकै दिन आलोचित भएको छ ।

कारण आज भएको मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री शेरवहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त गजेन्द्र हमालको नियुक्त गरेपछि देउवा सरकार आलोचित बनेको हो । कारण हमाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान हुन् । उनी जबराकै सिफारिसका आधारमा उधोगमन्त्री बनेका हुन् ।

तर, पनि हमाल कांग्रेस कै नेता भएकाले यसमा कुनै सत्यता नभएको बताइएको छ । यसको बचाउको लागि सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समेत मन्त्रिपरिषद् गठनसम्बन्धी विषयमा संप्रेषित भइरहेका समाचारहरूमा सत्यता नभएको भन्दै उद्योग वाणिज्यमन्त्री गजेन्द्र हमाल कांग्रेसको तर्फबाट जिम्मेवारी ग्रहण गरेका हुन् ।

यस विषयमा प्रधानन्यायाधीससँग नाम जोडिएको कुरा निराधार भएको बताएका छन् ।
हमाललाई मन्त्री बनाएसँगै गठवन्धन दलहरुमै विवाद सुरु भएको छ । किनभने केही दिन अगाडी मात्र प्रधानन्यायाधिशले आफ्नो भाग माग्नु र उनकै जेठान मन्त्री बन्नु उकै पटक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर