कस्तो सरकार ! कस्तो सिस्टम ! लाइन आए इन्टरनेट जान्छ, इन्टरनेट आए लाइन — OSNepal

कस्तो सरकार ! कस्तो सिस्टम ! लाइन आए इन्टरनेट जान्छ, इन्टरनेट आए लाइन

LC (KTM) October 08, 2021 0

काठमाडौं २२ असोज । हतार -हतार अफिसको काम गर्न बस्यो दुई लाइन लेखेपछि झ्याप्प बत्ती जान्छ । आउलानी भनेर लेख्दै गर्यो लेखेको विषय नै पुरानो हुन्छ तर बत्ती आउँदैन । प्राधिकरणमा फोन गर्यो मिठो स्वारमा एउटी महिलाले भन्छिन्, तपाईले सम्पर्क गर्नुभएको नम्बर अहिले व्यस्त छ , दश पटक फोन गर्दा एक चोटी बल्न फोन उठ्छ ! अनि, कति बेला बत्ती आउँछ ? किन बत्ती गाको भनेर सोध्यो ,उताबाट जहिल्यै एउटै उत्तर आउँछ १५ मिनेटमा आउँछ हाम्रा साथीहरु बनाउँदै छन् । अनि कुर्नुबाहेक विपल्क हुँदैन ।

१५ मिनेटमा बत्ती आउँला कि भनेर अफिसमा जानकारी नगरायो कुर्दा कुर्दा पाँच घण्टा पछि बत्ती आयो,दंग परेर काम गर्न बसेको त इन्टरनेट छैन ! नेटको अफिसमा फोन गर्यो दुई मिनेट त कम्प्युटर बोलेर नै पाँच रुपैयाँ सकिन्छ , अनि हजुर भन्दै बोल्छन् । रिसले त ‘मरेस’ भन्न आउँछ नि के गर्नु भन्न मिलेन । किन इन्टरनेट गयो नि भन्यो ? उता बाट मिठो स्वरमा हजुरहरुको पुरै एरियामा सिस्टम डाउन भएको छ … बनाउँदै हुनुहुन्छ २४ घण्टा लाग्छ । तैपनि, हामी जसिसक्दो चाँडो बनाउँछौं है भन्ने जवाफ आउँछ ।

विदेशमा त एक मिनेट बत्ती गयो भने समाचार बन्छ, हाम्रो देशमा त २४ घण्टामा बत्ती आयो भने रोचक समाचार बन्छ । अब काम गर्ने कामदारले के गर्ने सधैं हाकिमलाई बत्ती गयो , इन्टरनेट गयो भन्ने ? अब यसको जवाफ कसले दिने ? के गर्यो यो सरकारले ? कति जनतालाई सुखमा राखेको छ ? कतिको अनुहारमा हाँसो छरेको छ ? मात्र आशु बाहेक यो सरकारले केहि दिन सकेन । देशमा त काम गर्ने वातावरण दिएन , विदेशमा जाँदा समेत जनताको घाउमा मलाम लाउन सकेन जिउँदोमा त केहि गर्न सकेन मरेपछि पनि एउटा आफ्नो देशको नागरिकको लाश ल्यान नसक्ने हाम्रो सरकारलाई धिकार छ ।

हे ! सरकार गरी खानेलाई त खान दे । सरकार आफैले त नागरिकलाई रोजगार दिन सकेन कमसेकम गर्छु भन्नेलाई त गर्न दे । कि यो देशको नागरिक नै होइन देश छोडेर जा भन् नभएर देश चलाउने आटँ गछौं भने सिस्टम , विधि, नियम कानुन बनाउँ खाली कुर्सीको मोहमा नपर । जुन पार्टी आएपनि जनतालाई हात्ती आयो हात्ती आयो फुस्सा ।

२४ घण्टा बत्ती ,इन्टरनेट जाँदा त्यसैमा काम गर्नेले के गर्ने ? बत्ती गयो भनेर दंग पर्ने कि सर मेरोमा बत्ती गयो कम गर्न मिलेन भन्ने ? कस्तो सरकार , कस्तो शासन जसले जे गरेनि हुने , न विधि, न नियम, न कानुन, हुनेले वैकल्पिक उपाय अपनाउलान् अरुको काम गरेर पेट पाल्लेले परिवारको पेट पाल्ने कि वैकल्पिक साधनको उपभोग गर्ने ?

झ्याप्प बत्ती जान्छ, बनाउँन दिन भरि लाग्छ । अखिर जुन ‘मान’ आएपनि उस्तै । जनताको दुख कसले बुझ्ने ? सरकारी कर्मचारी घाम तापेर बस्नछन् कि घरको काम छ भनी विदामा बस्छन्, अनि बत्ती जाँदा दिनभरी लाग्छ बनाउन । जसले जे गरी पनि हुन्छ यो देशमा किनभने नेपाल आमा बोल्न सक्दिनन् ।

हुँदा खानेलाई मात्र लाग्छ यो देशमा कानुन । हुने खानेको त सबै आफ्नै नत घरमा बत्ती जान्छ नत इन्टरनेट २४ घण्टामा सुचारु । हामी जस्ताले बल्ल बल्ल काम पायो त्यो पनि यो नालायक सरकारले खाइदिन्छ । न बत्ती ,न इन्टरनेट, न विधि, न कानुन ?

ओेली आए उखान टुक्का भनेर जनतालाई हसाँए , देउवा आए आज भोली भन्दै सरकार विस्तार गर्नै तिन महिना लगाए । अब अरु के गर्छन् ? मात्रै आफ्ना सात पुस्तालाई पुग्ने सम्पति जोड्छन् हामी गरिब जनताको रोजी रोटी पनि खान्छ । यो गर्छु त्यो गर्छु भन्छन् सोझा नेपाली होला भनेर विश्वास गर्छन् । तर, जनतालाई के थाहा आफ्नै पिठ्युमा छुरा हानेको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर