आज देखी युवा तथा खेलकुद मन्त्रीको जिम्मा माओबादी जनयद्धकालमा लडाईको मोर्चा सम्हालेका कमाण्डर महेश्वर गहतराजले सम्हालेका छन् । उनी आज खेलकुदमन्त्री नियुक्त भएका हुन् । सत्ता गठबन्धनमा रहेको प्रमुख घटकमध्ये एक माओबादी केन्द्रको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले गहतराजलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका छन् । लडाकु गहतराजले आज बाट नै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित उनि माओबादीका केन्द्रिय नेता समेत रहेका छन् । उनी फ्रेस मन्त्रीमा परेका छन् । माओवादी स्थायी कमिटी बैठकले गहतराज सहित देबेन्द्र पौडेल र शशि श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेको थियो । नेता गहतराज पार्टीभित्र एकदमै शालिन र बौद्धिक नेताको रुपमा परिचित रहेका छन् । भर्खरै जुर्मुराउँदै गरेको नेपालको खेललाई अब कसरी अघि बढाउनेछन् त्यो भने हेर्न बाँकि नै रहेको छ ।