काठमाडौं २२ असोज अन्तत: झण्डै तिन महिनाको गृहकार्यपछि सत्ता गठवनध दल जनता समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।
जसपाबाट मन्त्री हुनेमा राजेन्द्र श्रेष्ठ, रामसहायप्रसाद यादव, रेणु यादव र प्रमोद साह रहेका छन् । पार्टीका अध्यक्ष उपेन्द्र यादवले यी चार मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय राजेन्द्र श्रेष्ठलाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रेणु यादवलाई ,वन तथा वातावरण मन्त्रालय रामसहायप्रसाद यादवलाई र कृषि तथा पशुपंक्षी मन्त्रालय प्रमोद साहलाई दिइएको छ ।