मन्त्री बन्न नपाएका चौधरीले भने, राजनीतिक खेलाडीका लागि मन्त्री पद गौण हो — OSNepal

मन्त्री बन्न नपाएका चौधरीले भने, राजनीतिक खेलाडीका लागि मन्त्री पद गौण हो

LC (KTM) October 08, 2021 0

काठमाडौं २२ असोज । नेकपा एकिकृत समाजवादीका नेता मेटमणी चौधरीले मन्त्री बन्न सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्ने बताएका छन् । पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नामबाट हटेका चौधरीले सामाजिक सञ्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले राजनीतिक खेलाडीका लागि मन्त्री पद गौण बताउँदै उनले भनेका छन् , दीर्घकालीन चेत राखेर राजनीतिको खुल्ला चौरमा प्रवेश गरेको राजनैतिक खेलाडिको लागि मन्त्री पद गौण विषय बन्न जान्छ ।

को मन्त्री बन्यो वा बनेन भन्ने विषय मुख्य नहुने बताएका चौधरीले मन्त्री बन्न सबै प्रकारका कम्बिनेसनहरू मिल्नु पर्ने भन्दै अघि भने, ‘कहिलेकाहिँ त्यो कम्बिनेसन नमिल्न नि सक्छ । आजको परिस्थिति यहि नै हो ।’

पार्टीलाई अझ सशक्त र समृद्ध बनाउनु जरूरी भएकाले यस विषयमा नेतृत्वलाई दबाब दिनु आवश्यक पनि नभएको बताएका छन् ।

‘पार्टी साइजमा नआउँदै कुनै पनि प्रकारका गुनासा र मोलमोलाइको लागि स्पेश दिनु जरूरी देख्दैन,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर