भारतकी चर्चित गायिका श्रेया घोषालले दिइन् छोरालाई जन्म, यसरी पोखिन् सामाजिक संजालमा खुशी — OSNepal

भारतकी चर्चित गायिका श्रेया घोषालले दिइन् छोरालाई जन्म, यसरी पोखिन् सामाजिक संजालमा खुशी

LC (KTM) May 23, 2021 0

भारतकी चर्चित गायिका श्रेया घोषालले पुत्रलाभ गरेकी छिन् । भारतीय संगीत जगतमा धेरै नाम र दाम कमाउन सफल भएकी यी गायिकाले आज आफ्नो घरमा नयाँ सदस्यलाई स्वागत गरेका छन् ।गायिका घोषाल तथा उनका श्रीमान् शिलादित्य मुखोपाध्यायले शनिवार दिउँसो आफ्नो घरमा नयाँ सदस्यलाई स्वागत गरेका हुन् । गायिका घोषालले सामाजिक सञ्जाल इन्ष्टाग्राम मार्फत उक्त सुखद खबर सार्वजनिक गरेकी हुन् ।

यसका साथै गायिका घोषालले आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद समेत दिएकी छिन् । गायिका घोषालले इन्स्टाग्राममा भगवानले आज दिउँसो एउटा छोरा दिएको उनले बताएकी छिन् । आफुहरु अत्यन्तै खुशी भएको भन्दै उनले एक पोष्ट सार्वजनिक गरेकी हुन् ।

उनले इन्ष्टामा लेखेकी छिन्–‘भगवानले आज दिउँसो एउटा छोरा दिएका छन् । यो त्यस्तो भावना हो, जसलाई मैले कहिले महसूस गरेकी थिइन । शिलादित्य र मसहित परिवारका सबै सदस्य असाध्यै खुशी छौं । तपाईंहरुको अनगिन्ति शुभकामनाका लागि धन्यवाद ।’

उनलाई बधाई दिनेको ओइरो लागेको छ । उनले हिन्दी मात्र हन नेपाली समेत गित गाएकी छिन् । नेपाली चलचित्र ‘धड्कन’ को ‘नाच्छ यो मन‘’ सहित छाएछ वसन्त, सयौं काँडा, तिमी आयौ, लगायतका गितमा आफ्नो आवाज दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर