पोखरा राइनोज ईपीएल टी ट्वान्टी क्रिकेटको फाइनलमा स्थान बनाउन सफल भएको छ । आज भएको दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्लाडियसर्टलाई पराजित गर्दै पोखराले फाइनलमा स्थान सुरक्षित गरेको हो । पोखराले भैरहवालाई ७ विकेटले पराजित गरेको हो । भैरहवाले पोखरा समक्ष दिएको १ सय २० रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पछ्याउँदै मैदान उत्रिएको पोखराले १८ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
पोखराको जितमा सहन अर्चाचिगेले अविजित रहदै ५३ रनको अर्धशतकीय योगदान दिए । विपिन रावल ४० रनमा अविजित रहे । भैरहवाका भुवन कार्कीले २ विकेट लिएका थिए । टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रनको योगफल तयार गरेको थियो । भैरहवाका लागि कप्तान शरद भेषवाकरले अविजित रहदै सर्वाधिक ३२ रनको योगदान दिए । पोखराका किशोर महतो र सहन अर्चाचिगेले समान समान दुई दुई विकेट हात पार्दा नन्दन यादव र असेला गुनारत्ने एक एक विकेट लिए । अब पोखराले फाइनलमा चितवन टाइगर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ।