काठमाडौं २१ असोज । नेकपा एकिकृत समाजवादी पार्टीको मन्त्री छान्ने जिम्मा अध्यक्ष माधव नेपाललाई दिइएको छ ।
आज बिहिबार बसेको पार्टीको स्थायी कमिटिको बैठकले गठवन्धन सरकारमा सहभागी मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिएको हो ।
चार मन्त्री र एक राज्य मन्त्री पाएको नेकपा एसले आज सम्म मन्त्रीको टुंगो लगाउन सकेको छैन ।