मुम्बई । भारतमा कोरोनाले महामारीको रुप लिएपछि बलिउड अभिनेत्री प्रियंका चोपडाले २२ करोड भारु संकलन गरेकी छन् । भारतका कोरोना संक्रमितको लागि उनले सहयोग जुटाएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । इन्स्टाग्राममा अभिनेत्री प्रियंकाले २२ करोड रकम सहयोग जम्मा गर्न सहयोग गर्ने विश्वभरका शुभचिन्तकलाई धन्यवाद दिएकी छन् । उनले यो रकमले भारतका कोरोना संक्रमितको ज्यान जोगाउन मद्दत पु¥याउने जनाएकी छन् ।
उनले लेखेकी छन्, ‘तपाइँहरुको सहयोगले कोरोना संक्रमितलाई बचाउने हाम्रो योजना सफल हुँदैछ । हामीले ५ हजार अक्सिजन कन्सन्ट्रेटर खरिद गरेका छौं । यसको मतलब हामीले हरेक महिना २५ सयलाई अक्सिजन सेवा दिन सक्छौं ।सौर्य दैनिकमा खबर छ । ’ उनले यो रकमले १० खोप केन्द्रमा दक्ष जनशक्ति प्रदान गर्नेसमेत बताएकी छन् । उनले भनेकी छन्, ‘ती जनशक्तिले दुई महिनामा ६ हजारलाई खोप लगाउनेछन् ।’
अभिनेत्री प्रियंकालेसहयोग रकमले ४२२ अक्सिजन सिलिन्डर खरिद गरिएको जनाउँदै प्रति सिलिन्डर ६ हजार लिटर अक्सिजन राख्न सकिने जानकारी दिएकी छन् ।’ उनले भनिन्, ‘धन्यवाद जसले संक्रमितको ज्यान जोगाउन सहयोग पु¥याउनुभयो ।’ कोरोना संक्रमित अक्सिजनको अभावमै ज्यान गुमाइरहेको बिकराल अवस्थाका समाचार आएपछि उनले भारतका संक्रमितको ज्यान जोगाउने अभियान थालेकी हुन् । प्रियंकाको यस अभियानमा विश्वभरका भारतीयले सहयोग गरिरहेका छन् ।