मन्त्रालय भागवण्डामा माधव नेपालको अशन्तुष्टि — OSNepal

मन्त्रालय भागवण्डामा माधव नेपालको अशन्तुष्टि

LC (KTM) October 07, 2021 0

काठमाडौं २१ असोज । सत्ता गठवन्धनको मन्त्रालय भागवण्डामा नेकपा एकिकृत समावजवादीले अशन्तुष्टि देखाएको छ ।

सुरुमा ६ मन्त्रालय नेकपा एसलाई दिने भनेपछि अध्यक्ष माधव नेपालले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठलाई मन्त्री बनाउने बचन दिएका थिए ।

तर, मंगलबार बसेको सत्तागठवन्धन दलको बैठकले काँग्रेसले ८, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ४–४ मन्त्रालय पाउने गरी भागबण्डा लगाएपछि नेपाल अशन्तुष्ट बनेका हुन् ।

अब उनलाई कसलाई मन्त्री बनाउने र कसलाई हटाउने भन्ने विषयमा समस्या आएको छ । यस विषयमा अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने बालुवाटार स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर