काठमाडौं २१ असोज । मन्त्रिपरिषदलाई पुर्णता दिनु अघि नै सत्ता गठवन्धन दलहरुको बैठक बस्ने भएको छ । मन्त्रालयको विषयमा भागवण्डा भएपनि अधmै केहि विषय टुंगो लगाउनन भन्दै बैठक बस्न लागेको हो ।
बैठ बस्ने समय भने निश्चित नभएको जनाइएको छ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठकज जारी रहेकाले उक्त बैठक पछि सत्तागठवन्धनको बैठक बस्ने भएको छ ।
सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका पनि राष्ट्रिय जनमोर्चाले सरकार बाहिरबाट नै सरकारलाई सहयोग गर्दै आएको छ ।
गठबन्धनको बैठक बस्नेबारे छलफल भइरहेको र सकेसम्म आज नै मन्त्रिपरिषद्लाई पुर्णता दिने बालुवाटार स्रोतले जनाएको छ ।
मन्त्रालय को भागवण्डामा काँग्रेसले ७, माओवादी केन्द्रले ६ र समाजवादी र जसपाले चारचार वटा मन्त्रालय दिने सहमति भएको थियो ।